Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय परिचय पत्र

2081-09-17

2081-09-17


क.राष्ट्रिय परिचय पत्र बनाउनका लागि वडाको सिफारिस आवश्यक पर्छ कि पर्दैन?

- पर्दैन। राष्ट्रिय परिचय पत्र बनाउनका लागि सक्कल नागरिकता भए पुग्छ तर विवाहितको हकमा नागरिकतामा श्रीमान वा श्रीमतीको नाम थर उल्लेख नभएमा श्रीमतीको नागरिकता वा विवाह दर्ता वा नाता खुल्ने अन्य कागजात पेश गर्नुपर्दछ।

ख. राष्ट्रिय परिचय पत्रका लागि अन्य के के कागजात आवश्यक पर्छ?

- बसाई सराईको हकमा बसाई सराई प्रमाण पत्र,

- श्रीमान वा श्रीमतीको मृत्यु भएको हकमा मृत्यु दर्ता वा मृत्यु प्रमाणितको सिफारिस,

- सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाण पत्र।

ग.राष्ट्रिय परिचय पत्र आवेदन फारम हराएमा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न के गर्ने?

- web मार्फत http://citizenportal.donidcr.gov.np/CitizenPortal/ मा गई पुरा नाम थर,जन्म मिती, नागरिकता नं. र जारी मिती प्रविष्ट गरी राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।

वा,

-राष्ट्रिय परिचय पत्र विभागको हेल्प लाईन 014211563 / 014200014  मा सम्पर्क गरी नम्बर प्राप्त गर्न सकिन्छ।

वा,

-WhatsApp नम्बर 9847346412,9851300520 वा 9851316034 मा नागरिकताको अगाडी पछाडीको फोटो पठाई प्राप्त गर्न सकिन्छ।

घ. राष्ट्रिय परिचय पत्र बनाउन कुनै शुल्क लाग्छ?

- लाग्दैन। यो निःशुल्क हो। तर राष्ट्रिय परिचय पत्रमा कुनै विवरण फरक परी गल्ती भएमा कार्ड प्राप्त भैसकेपछी रु. ५०० राजस्व राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरी पुनः आवेदन प्रकृया अगाडी बढाउनु पर्दछ।

ङ. राष्ट्रिय परिचय पत्रको आवेदन फारममा कुनै विवरण फरक परेमा सच्याउन मिल्छ कि मिल्दैन?

- राष्ट्रिय परिचय पत्र आवेदन फारम रुजु भई प्रणालिमा ईन्ट्री भइसकेपछि विवरण तत्कालै सच्याउन मिल्दैन। पछि कार्ड प्रिन्ट भएर आइसकेपछि मात्र फरक परेको विवरण सच्याउन मिल्छ।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .