Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

म्याङ्गलुङ्ग

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

म्याङ्गलुङ्ग

तेह्रथुम जिल्लाको परिचय

भौगोलिक अवस्थिति:-

            प्रदेश नं. १ का चौध जिल्लाहरुमध्येको सानो जिल्लाको रुपमा रहेको तेह्रथुम जिल्लाको पूर्वमा ताप्लेजुङ्ग र पाँचथर  पश्चिममा धनकुटा र संखुवासभा उत्तरमा ताप्लेजुङ्ग र संखुवासभा तथा दक्षिणमा धनकुटा र पाँचथर जिल्ला रहेका छन् ।  कुल क्षेत्रफल ६७९ वर्गकिलोमिटर रहेको यो जिल्ला पूर्वी देशान्तर ८७.१५ ' देखि ८७.४५'  सम्म र उत्तरी आक्षाश २६.६६-२७.३०'  सम्म रहेको छ ।  जिल्लाको उचाई समुद्र सतहबाट ३४५ देखि २९६२ फिट सम्म रहेको छ । सदरमुकामम म्यालुङ्गको उचाइ १६६५ मिटर छ  मूख्यतया: लिम्बु (३५%)‚क्षेत्री (१९%)‚ब्राम्हण (१६%)‚ अन्य जातजाती (३०%) बसोबास रहेको यस जिल्लामा नेपाली भाषी ५२.९%‚लिम्बु भाषी ३२.७७% र अन्य १४.३३% भाषाभाषीको बसोबास रहेको छन् ।

            पृथ्वी नारायण शाहबाट नेपाल एकीकरण हुनु अगाडी यस जिल्लाको भुभाग पल्लो किराँत राज्य अन्तर्गत पर्दथ्यो । पृथ्वीनारायण शाहको एकीकरण अभियान अन्तर्गत खम्वुवान क्षेत्रको विजय पश्चात वि.स.१८३१ मा गोर्खाली सेनाको तर्फबाट रामकृष्ण कुवंर र लिम्बुहरुले चैनपुरमा उनीहरु नेपाल सरकार अन्तर्गत रहने र गोर्खालीले लिम्बुहरुको रितितिथी तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने गरी मेलमिलाप गरेका थिए । पृथ्वी नारायण शाहबाट यहाका सुब्बाहरुलाई पञ्चखत वाहेक अन्य मुद्धा हेर्ने र "ढिङगे मुङगे"  गरि जरीवाना समेत गर्न पाउने अधिकार दिइ लालमोहर दिइएको थियो । लिम्बुवान राज्य मित्र थुम रहेका र यी सबै  पल्लो किरांत अन्तर्गत रहेका थिए । थुमको तिरो भरो धनकुटा गौंडामा बुझाउने व्यवस्था भएको थियो । वि.स.१९५२ सालमा आएर सत्र थुम मध्येका मित्लुङ् पहाड‚झलहरु वेलहरा र पाँचथर थुमको तिरो भरो धनकुटामा बुझाउने र अन्य तेह्र थुमको तिरो उठाउने गरी माल अड्डाको स्थापना यसै जिल्लामा भएकोले यस जिल्ला लाई तेह्रथुम भनिएको हो ।  तेह्रवटा थुमहरु आठराई‚ फेदाप‚ याङ्गरुप‚ पाँचथर‚ ताप्लेजुङ्‚ मेवाखोला‚ मैयाखोला‚ तमोरखोला‚ पाँचखपन‚ दशमझिया‚ चैनपुर‚ सभा-उत्तर‚संखुवा उत्तर पर्दछन् ।

 

जनसंख्या:-

     वि.स.२०६८ को जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या १‚०१‚४७६ (एक लाख एक हजार चार सय सत्ततरी) जना रहेका छन् जस मध्ये महिला ............... जना र पुरुष............. जना रहेका छन् । वि.स. २०५८ को जनगणना अनुसार यस जिल्लामा १‚१३‚१११ (एक लाख तेरह हजार एक सय एधार) जना रहेको देखिन्छ । केही स्थानहरुमा खानेपानी तथा सिँचाईको चरम अभाव भएर अन्यन्त्र त्यस स्थानका वासिन्दा बसाई-सराई गएकाले वि.स.२०५८ को जनसंख्या भन्दा २०६८ को जनसंख्या कम भएको देखिन्छ ।

 

राजनीतिक विभाजन:-

    प्रतिनिधी सभा सदस्य सख्या १ तथा प्रदेश सभा सदस्य २ रहेको यस जिल्लामा २ नगरपालिका र ४ गाउँपालिका रहेका छन् ।

जनसंख्या

गा.पा./न.पा. 

जनसंख्या

गा.पा./न.पा. वडा सख्या

प्रमुख/अध्यक्षको नाम

गा.पा./न.पा.केन्द्र रहेको स्थान

लालीगुरासं न.पा.

१७०००

श्री अर्जुन मावोहाङ

बसन्तपुर

म्याङ्लुङ् न.पा.

२०३३७

१०

श्री सञ्जय कुमार तुम्वाहाम्फे

म्याङ्लुङ

आठराई गा.पा.

२१६४६

श्री मान ब.लिम्बु

सक्रान्तिबजार

छथर गा.पा.

१६७१५

श्री सन्तविर लिम्बु

शुक्रबारे

मेन्छयायेम गा.पा.

८०७८

श्री यादब ब.खापुङ्

मोराहाङ्

फेदाप गा.पा.

१७७००

श्री हरि प्र.चोङवाङ

औसिडाँडा

जम्मा

०१४७६

४३