Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

तेह्रथुममा CCIMS लागू गर्ने फेदाप पहिलो पालिका !

2081-05-16

2081-05-16


457394271_3881324742193610_643598460471209976_n.jpg तस्बिर :

तेह्रथुममा पहिलो पटक फेदाप गाउपालिकाका सबै वडाहरुमार्फत अनलाईन प्रणालीबाट नागरिकता सिफारिस गर्ने व्यवस्था सुरु गरिएको छ । वडाका जनप्रतिनिधि र कर्मचारी/कम्प्युटर अपरेटरलाई प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला प्रशासन कार्यालयको टोलीले तालिम दिएपछि केन्द्रिय नागरिकता सुचना ब्यवस्थापन प्रणाली (सिसिआईएमएस) मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्था सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र फेदाप गाउपालिकाको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रमको शुभारम्भ पालिकाका अध्यक्ष श्री केशव प्रसाद भेटवाल र प्रमुख जिल्ला अधिकारी श्री मीना अर्यालले संयुक्त रुपमा गर्नु भएको हो । कार्यक्रममा प्राविधिक सहयोग/प्रशिक्षण जिल्ला प्रशासन कार्यालयका क. अ. श्री शुशिल पाण्डेले गर्नु भएको हो ।
गृह मन्त्रालयले नागरिकता वितरणमा केन्द्रिय नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) प्रयोगमा ल्याएको सन्दर्भमा जि. प्रशासन कार्यलय तेह्रथुमले सबै स्थानीय तहलाइ CCIMS लागू गर्न अनुरोध गरे बमोजिम फेदाप गा. पा. ले प्रशासनलाइ प्राविधिक सहयोग/तालिमका लागि औपचारिक रुपमा अनुरोध गरेको थियो

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .