Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

तेह्रथुम जिल्लाको शिक्षा सम्बन्धी छलफल/अन्तर्क्रिया कार्यक्रम।

2081-05-23

2081-05-23


001(57).jpg तस्बिर :

२०८१।५।१७ गते जिल्ला प्रशासन कार्यालयको आयोजना र शिक्षा विकास तथा समन्वय इकाइको सहयोग/समन्वयमा शिक्षा सम्बन्धी गहन छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना ….
प्रमुख जिल्ला अधिकारी मीना अर्यालको संयोजकत्व, जिल्ला समन्वय प्रमुखको प्रमुख आतिथ्यता, म्याङ्लुङ नगर प्रमुखको विशेष आतिथ्यतामा विद्यालयका प्रध्यानाध्यापकहरू, सुरक्षा निकायका प्रमुखहरु, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लगायत ३१ जनाको सहभागितामा कार्यक्रम सम्पन्न ।
२०८१ आषाढ १३ गते माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा यस जिल्लाको हकमा सन्तोषजनक नरहेको ।SEE मा सहभागी ५४ सामुदायिक विधालयमध्ये ४ वटा १००% उत्तिर्ण र ९ वटा शुन्य (0% ), बाकी ४१ वटा आंशिक उत्तिर्ण भएका। त्यस्तै १३२१ विधार्थीमध्ये ४९१ जना मात्र उत्तिर्ण भएका । शिक्षा क्षेत्रमा नेपाल सरकारको ठुलो लगानीको वावजुद सामुदयिक विद्यालय गुणस्तर कमजोर हुँदै जानु नेपालको समृद्धि र विकासको सन्दर्भमा र प्रत्येक विद्यार्थीको उज्वल भविष्यको लागि सुखद अवस्था मान्न सकिँदैन। सम्वन्धित सबै जिम्मेवार र जवाफदेही बन्नै पर्छ
यसै परिस्थितिलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालयले शिक्षा विकास तथा समन्वय ईकाइसंगको सहकार्यमा जिल्लाबाट २०८१ को एस.इ.इ को नतीजामा उत्कृष्ट स्थान हासिल गर्ने (Best Performer) १० वटा, कमजोर नतीजा प्राप्त गर्ने (Weak Performer) ९ वटा र नमूना विद्यालय २ वटा गरी २१ वटा विद्यालयका प्रध्यानाध्यापकहरूसँग जिल्लामा शिक्षाको अवस्था, समस्या र भावी कार्यदिशा सम्बन्धमा गहन छलफलको आयोजना गरेको हो।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .