Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०८१/०४/०६ को कार्यालय प्रमुखको बैठकको निर्णयहरूः

2081-04-09

2081-04-09


452103210_3849230848736333_4642456151630761585_n.jpg तस्बिर :

२०८१।४।६ मा कार्यालय प्रमुखहरुको नियमित मासिक बैठक प्र. जि. अ. श्री मीना अर्यालज्यूको अध्यक्षतामा सम्पन्न । जसमा २२ वटा कार्यालयको आ. व. २०८०।८१ को वार्षक कार्य प्रगति समीक्षा (अधिकांशको पावर पोइन्ट प्रस्तुति) भयो । समग्रमा जिल्लाको वित्तीय र भौतिक प्रगति राम्रो रहेको छ ।
यस सम्वन्धी भएका मूख्य निर्णयहरु निम्नानुसार छन्
१. कार्यालयको आ.व. 2080/81 को वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्ने कार्यालयहरूलाई धन्यवाद दिने। समग्रमा सबै कार्यालयको भौतिक र वित्तीय प्रगति राम्रो रहेको विश्लेषण समेत गरियो l
२. अनुपस्थिति रहेका कार्यालयहरुले आगामी भाद्र 5 गतेको कार्यालय प्रमुखको बैठकमा अनिवार्य रूपमा प्रस्तुतीकरण गर्नुपर्ने !
३. आगामी आ. व. २०८१।८२ का कार्यक्रम/आयोजनाहरुको सम्पूर्ण तयारी श्रावण महिनामा गरी भाद्रबाट काम थाल्ने । त्यसमध्ये ठूला कार्यक्रम/आयोजनाहरुको पहिलो त्रैमासिकमा, मझौला प्रकृतिका दोश्रो त्रैमासिक र साना कार्यक्रम/आयोजना तेस्रो त्रैमासिकमा थालनी गर्न निर्देशन दिइयो ।
४. सबै कार्यक्रम यथासमयमा (Sharp time) संचालन गर्ने, कार्यालय प्रमुखहरूले जिल्ला छाड्दा वा विदाका दिन सवारी साधनको प्रयोग गर्नुपरेमा अनिवार्य रूपमा प्रमुख जिल्ला अधिकारीको स्वीकृती लिनुपर्ने व्यवस्थाको अपवाद बाहेक कार्यान्वयन भएको समिक्षा गरियो।
५. सबै कर्मचारीले तोकिएको पोशाक प्रयोग गर्ने, सेवाग्राहीसँग शिष्ट र सभ्य व्यवहार गर्ने, सेवा प्रवाहमा शिघ्रता, पारदर्शिता र प्रभावकारिता कायम गर्ने कुरालाई सबैले उच्च प्राथमिकता दिँदै गुनासोरहित सेवा प्रवाह गर्ने।
६. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या 080/81, च.नं. 299, मिति 2081/03/25 को पत्रको "मनसुन अवधिभर प्रमुख प्रशासकीय अधिकृतले प्रमुख जिल्ला अधिकारीको अनुमति बिना स्थानीय तह नछाड्ने" सम्बन्धमा अधिकांश प्रमुख प्रशासकीय अधिकृतबाट कार्यान्वयन भएको नपाइएकाले सम्बन्धित कर्मचारीलाई परिपत्र पालनाका लागि निर्देशन गर्ने, सो कुराको जिल्ला प्रशासन कार्यालयले नोटिसमा लिने।
७. गृह मन्त्रालय, आन्तरिक प्रशासन शाखाको च.नं. 498 मिति 2081/03/18 को पत्रको निर्देशन बमोजिम यस जिल्लास्थित सम्पूर्ण कार्यालयहरूको नेपाल सरकारको नाममा रहेको सरकारी वा सार्वजनिक जग्गाको उपभोग गर्ने कार्य नगर्ने/नगराउने तथा नेपाल सरकारको नाममा रहेको सरकारी वा सार्वजनिक जग्गाको उपभोग गर्ने प्रयोजनार्थ खरिद प्रक्रिया अगाडी बढाउनु पूर्व भूमी सम्बन्धी प्रचलित कानूनका अलावा अन्य नेपाल सरकारका प्रचलित कानूनको पूर्ण पालना गर्ने गराउने ।
८. आन्तरिक राजश्व कार्यालय धरान, करदाता सेवा कार्यालय, धनकुटाको च.नं. 89 मिति 2081/03/13 को TDS र मु.अ.क. दाखिला सम्बन्धी पत्रको सम्बन्धमा छलफल गरी अनुरोध बमोजिम जिल्लास्थित कार्यालयका कर्मचारीहरूको पारिश्रमिक खर्च तथा अन्य कारोबारको खर्च भुक्तानी गर्दा अनिवार्य रूपमा TDS गरी E-TDS समेत गर्ने साथै ठेक्का लगायत अन्य कार्यक्रमगत खर्च भुक्तानी गर्दा 30% ले कट्टी गर्नुपर्ने मूल्य अभिवृद्धी कर अनिवार्य रूपमा कट्टी गरी समयमै दाखिला गर्ने
९. मनसुनको प्रभाव देशका विभिन्न ठाउँहरूमा परि विपद्का घटनाहरू घटिरहेको र सो को सम्भावना यस जिल्लामा पनि रहेको हुँदा विपद् सम्बन्धी कार्य जिम्मेवारी भएका सम्पूर्ण कार्यालयहरू पूर्वतयारी अवस्थामा रहने

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .