मिति २०८१/०७/०५ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी मीना अर्याल ज्यू को अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकको निर्णयहरु
2081-07-21
2081-07-21
सबै कार्यालयहरुको पहिलो त्रैमासिक (2081 श्रावण-आश्विन) अवधिको कार्य सम्पादन तथा प्रगति समीक्षा गरी सबै कार्यालयलाई प्रत्येक त्रैमासिक अवधिको कार्य प्रगति अनिवार्य रुपमा यथासमयमै हासिल गर्न निर्देशन दिइयो ।
सबै कार्यालय प्रमुखहरुले (सघं, प्रदेश र स्थानीय तहका) कार्यालय प्रमुखको बैठकमा अनिवार्य रुपमा उपस्थिति हुने उपस्थिति नहुनेको विवरण अभिलेखमा राख्ने ।
जिल्लाभरका सबै सरकारी कर्मचारी (संघ,प्रदेश र स्थानीय तह) ले शुक्रबार वाहेक कार्यालय आउँदा तोकिएको पोशाक (Uniform) अनिवार्य रुपमा लगाउने ।
सेवा प्रवाहमा थप प्रभावकारिता, चुस्तता, निश्पक्षता र शीघ्रता ल्याई गुनासो रहित सेवा प्रदान गर्न सबैले ध्यान केन्द्रित गर्ने ।
सबै कार्यालयले Website अनिवार्य अध्यावधिक गर्ने, सबै कर्मचारीको फोटोसहित सम्पर्क नं. पनि राख्ने, कार्यालयको काम र प्रगतिसँग सम्बन्धित बढी भन्दा बढी सूचना सम्प्रेषण (Maximum disclosure) गर्ने।
सबै कार्यालयको आ-आफ्ना कार्यालयका काम, कार्यप्रगति, कार्यप्रकृया, नगरिक वडापत्र लागायतका सूचना Website, FM Radio, Face Book लगायतका Social Media बाट व्यापक प्रचार गर्ने ।
सेवा प्रवाहमा रचनात्मक तथा नवप्रवर्द्धनात्मक उपायहरु (Creative and innovative ideas) अवलम्बन गर्ने । त्यसको बारेमा कार्यालय प्रमुख बैठकमा Sharing गर्ने ।
कार्यालय समयमा मादक पदार्थ सेबन गर्ने, तोकिएको जिम्मेवारी बहन नगर्ने कर्मचारीहरुको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउँने ।
काम विशेषले वाहेक कार्यालय प्रमुखले जिल्ला नछाड्ने, जिल्ला छाडनु पर्दा आफ्नो तालुक निकायको स्वीकृति वा कार्यक्रम/तालिममा सहभागिता गर्नु पर्ने पत्र सहित जिल्ला प्रशासन कार्यालयको अनिवार्य रुपमा सहमति लिने ।
काम विशेषले वाहेक विदाका दिन सरकारी सवारी साधन नचलाउँने/ चलाउन परेमा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिने ।
कार्यालय परिसर र कार्यालय भवन/ कोठा सेवाग्राही कक्षमा सधै सफा, सुघ्घर गर्ने ।
सेवाग्राहीसँग व्यवहार गर्दा सम्मानजनक, शीष्ट र नम्र व्यवहार गर्ने ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर रहेका डेंगुका बिरामी एकिन गरी उक्त बिरामीहरुको निरन्तर Follow up गर्ने । साथै डेंगु रोग लाग्ने कारण र निको गराउँने उपाय लगायतका सूचनाहरु व्यापक रुपमा सम्प्रेषण गर्ने ।
विकास आयोजना सञ्चालन गर्दा योजनाको चरण देखि आयोजना चक्रको हरेक चरणमा लाभग्राही वा सरोकारवालाहरुको सार्थक सहभागिता (Meaningful Participation) गराई आयोजनाको अपनत्व र दिगोपन बढाउँने ।
आयोजनाको विस्तृत विवरण (नाम, बजेट, सम्पन्न अवधि) अनिवार्य रुपमा सबैले देख्ने गरी सडकलाई असर नपर्ने गरी राख्ने ।
यस जिल्लामा आयोजना/कार्यक्रम संचालन भएका तर कार्यालय नभएका आयोजना/कार्यालय प्रमुख (जस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पाँचथर, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, धनकुटा शहरी विकास तथा भवन कार्यालय, धनकुटा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, धनकुटा, सडक डिभिजन धनकुटा, सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटा ) अनिवार्य रुपमा कार्यालय प्रमुख बैठकमा उपस्थित हुने/नभएमा सम्बन्धित निकायमा लेखी पठाउने ।
सबै कार्यालय प्रमुखहरुले फोन बन्द नगर्ने, जुनसुकै बरेला पनि फोन रिसिभ गर्ने ।
मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुखले प्रयोग गर्ने कार्यालयको मोवाइल आश्विन 8-12 विपद्को समयमा पुरै वन्द भएको कारण समस्या उत्पन्न भएकोले त्यसरी मोवाइल बन्द गर्नाको कारण जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको सन्दर्भमा यस जिल्लामा पनि लालीगुराँस नगरपालिका वडा नम्बर ८ को लागि वडाध्यक्षको चुनाव हुने भएकाले कानुन र निर्वाचन आयोगका निर्देशन बमोजिम तयारी तथा प्रक्रियागत कार्य निर्वाचन कार्यालयले गर्ने ।
दिपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण कर्मचारीहरुबीच शुभकामना आदानप्रदान गर्दै चावाडलाई सौहार्द वातावरणमा मनाउनको लागी सबै कार्यालयको तर्फबाट आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने ।