Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

विपद् व्यवस्थापन 2081-09-17

१. विपद् भन्नाले के बुझिन्छ ?

  • विपद भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई  जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक संकट सम्झनु पर्छ ।

२. विपद् जोखिम न्यूनीकरण भन्नाले के बुझिन्छ ?

  • विपद् जोखिम न्यूनीकरण भन्नाले विपद्पूर्व गरिने जोखिमको विश्लेषण तथा मूल्याङ्कन, विपद् रोकथाम वा विपद्‍बाट हुने क्षतिको न्यूनीकरण तथा विकासका कार्यमा विपद् जोखिमलाई कम गर्ने सम्बन्धी कार्य सम्झनु पर्छ ।

३. विपद् पुनर्लाभ भन्नाले केलाई बुझाउछ ?

  • विपद् पुनर्लाभ भन्नाले विपद्को घटनापछि गरिने पुनर्निर्माण एवं पुनर्स्थापनासँग सम्बन्धित कार्य सम्झनु पर्छ ।

४. विपद् प्रतिकार्य भन्नाले के बुझिन्छ ?

  • विपद् प्रतिकार्य भन्नाले विपद्का घटना घट्नासाथ तत्कालै गरिने खोज, उद्धार एवं राहतसँग सम्बन्धित कार्य सम्झनु पर्छ ।

५. विपद् व्यवस्थापन भन्नाले के बुझिन्छ ?

  • विपद् व्यवस्थापन भन्नाले विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभसगँ सम्बन्धित सम्पूर्ण क्रियाकलाप सम्झनु पर्छ ।

६. जिल्ला विपद् व्यवस्थापन कोषमा कुन कुन जिल्लालाई कति न्यूनतम रकम मौज्दात कायम राख्ने व्यवस्था मिलाउनु पर्छ ?

  • प्रमुख जिल्ला अधिकारीले जिल्ला विपद् व्यवस्थापन कोषमा हिमाली जिल्लाको हकमा रु चार लाख, पहाडी जिल्लाको हकमा रु पाँच लाख र तराई जिल्लाको हकमा रु सात लाख न्यूनतम रकम मौज्दात राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

७. जिल्ला विपद् व्यवस्थापन समितिले जिल्ला विपद् व्यवस्थापन कोषको रकम कसरी वितरण गर्दछ ?

  • विपद्को घटनामा परी कुनै परिवारमा १ जनाको मृत्यु भएमा रु दुई लाखका दरले, सोही परिवारमा अन्य व्यक्तिको समेत मृत्यु भएमा प्रति व्यक्ति थप रु एक लाखका दरले राहत रकम उपलब्ध गराउनु पर्नेछ । यसरी मृतकको परिवारलाई उपलब्ध गराइने राहत एकद्वार नीति अवलम्वन गरी उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

८. विपद्‍का घटनामा परी घाइते हुनेहरुलाई के कस्तो उपचार गर्ने व्यवस्था छ ?

  • विपदका घटनामा परी घाइते हुनेहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति मार्फत सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च भुक्तानि गरि दिने र त्यस्ता व्यक्तिलाई अस्पतालबाट घरजान आर्थिक सहयोग स्वरुप प्रति व्यक्ति रु एक हजार र यातायात खर्च दिने व्यवस्था छ ।

९. निजी आवास पुनर्निर्माणका लाभग्राहीले निजी आवास पुनर्निर्माणको लागि कति रकम पाउने व्यवस्था रहेको छ ?

  • पुनर्निर्माणका लाभग्राहीले निजी आवास पुनर्निर्माणको लागि क्षतिको यथार्थ प्राविधिक मुल्याङ्कनका आधारमा हिमाली जिल्लामा बढीमा पाँच लाख रुपैयाँ, पहाडी जिल्लामा चार लाख रुपैया र तराईका जिल्लामा तीन लाख रुपैया पाउने व्यवस्था रहेको छ ।

१०. पुनर्निर्माण वा पुनर्स्थापनाका लाभग्राहीको हकमा अस्थायी आवास निर्माणमा कति रकम दिने व्यवस्था रहेको छ ?

  • पुनर्निर्माण वा पुनर्स्थापनाका लाभगाहीको हकमा निजी आवास पुनर्निर्माण अनुदानको अतिरिक्त अस्थायी आवास निर्माणको लागि सम्झौता हुनासाथ पहिलो किस्ता पच्चिस हजार र अस्थायी आवास बनाइसके पछि कार्य सम्पन्न प्रतिवेदनका आधारमा थप पच्चिस हजार गरी जम्मा पचास हजार रुपैया समेत उपलब्ध गराइनेछ ।

११. जग्गा जमिन नहुने पुनर्स्थापनाका लाभग्राहीका लागि नेपाल सरकारले आवास निर्माणको लागि जग्गा खरिद गर्न कति रकम उपलब्ध गराउनेछ ?

  • जग्गा जमिन नहुने पुनर्स्थापनाका लाभग्राहीका लागि नेपाल सरकारले आवास निर्माण गर्न जग्गा खरिदको लागि रजिष्ट्रेशन दस्तुर तिरेको प्रमाणित लिखतको आधारमा बढीमा तीनलाख रुपयैया  उपलब्ध गराउछ ।


Per Page :
Loading विपद् व्यवस्थापन ...
मिति विपद् व्यवस्थापन विवरण फाईलहरु एक्सन
2082-12-22 मिति २०८२।१२।१८ गतेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकको निर्णयहरु

14 दिन अगाडी
2081-10-04 DDMC बैठकका निर्णयहरु

2081-10-04
Loading विपद् व्यवस्थापन ...
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .