Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

बिहीबार, श्रावण २१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी

१. के राहदानी बनाउनका लागि वडाको सिफारिश आवश्यक पर्छ?​

  • पर्दैन। नयाँ राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र आवेदन फाराम, सक्कल नागरिकता र राहदानी नवीकरण गर्नुपरेमा पुरानो सक्कल राहदानी समेत पेश गर्नुपर्छ।

२. १६ वर्ष भन्दा कम उमेरका व्यक्ति (नाबालक) को राहदानी बनाउन के गर्नुपर्छ?

  • १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको राहदानी बनाउनका लागि सर्वप्रथम नाबालक परिचयपत्र बनाउनुपर्छ। त्यसपछि  राहदानी बनाउनका लागि नाबालक परिचयपत्र र बुवा आमाको सक्कल नागरिकता पेश गर्नुपर्छ।

३. जिल्लाबाट राहदानी आवेदन गर्दा आवेदन गरेको कति समयमा राहदानी प्राप्त गर्न सकिन्छ?

  • जिल्लाबाट राहदानी आवेदन गर्दा आवेदन गरेको सामान्यतया २५ दिन देखि ३५ दिन सम्ममा प्राप्त गर्न सकिन्छ।

४. राहदानी बनाउन कति दस्तुर लाग्छ?

-राहदानी आवेदन गर्दा देहायबमोजिमको दस्तुर लाग्छ:

राहदानीको प्रकार

दस्तुर

नयाँ तथा नवीकरण

वयस्क

रु ५०००

नाबालक (१० वर्षभन्दा कम उमेर भएको)

रु २५००

हराएको तथा बिग्रिएको

                माथि उल्लेखित शुल्कमा थप रु ५०००

 

५. कति म्याद सम्मको राहदानी नवीकरण गर्न मिल्छ ?

  • राहदानी नवीकरण गर्नका लागि पुरानो राहदानीको म्याद १ वर्ष वा सो भन्दा कम हुनुपर्दछ।सो अवधि भन्दा बढी म्याद भएको राहदानी नवीकरण गर्न मिल्दैन।

६. के राहदानी बनाउनका लागि फोटोहरु पनि सँगै लिएर आउनुपर्छ?

  • पर्दैन। अहिलेको राहदानी विध्युतिय राहदानी भएकाले फोटो खिची बायोमेट्रिक लिने काम कार्यालयमा नै हुन्छ।

७. द्रुत राहदानीका लागि के जिल्लाबाट नै आवेदन गर्न मिल्छ?

  • मिल्दैन। द्रुत (छिटो) राहदानी लिनुपरेमा राहदानी विभाग, काठमाडौँमा नै जानुपर्छ।

८ द्रुत राहदानीका लागि राहदानी विभागमा जाँदा जिल्ला प्रशासन कार्यालयबाट कुनै सिफारिश लिएर जानुपर्छ कि?

  • पर्दैन। तर नाबालक (१६ वर्ष भन्दा कम उमेर) को हकमा भने द्रुत राहदानीका लागि नाबालक परिचयपत्रको प्रमाणिकरण लिएर राहदानी विभाग जानुपर्छ।

९. जिल्ला प्रशासन कार्यालयमा  आफ्नो राहदानी  प्रिन्ट भएर आएको जानकारी कसरी प्राप्त गर्न सकिन्छ?

  • राहदानी विभागबाट आवेदकको राहदानी प्रिन्ट भएर  जिल्ला प्रशासन कार्यालयमा आइसकेपछि आवेदकले आवेदन फाराममा उपलब्ध गराएको फोन नम्बरमा Dear applicant your passport is ready to collect  भन्ने म्यासेज आउँछ।त्यस पछि जिल्ला प्रशासन कार्यालयमा आएर राहदानी लिन सकिन्छ।

१०. जिल्लाबाट राहदानीका लागि आवेदन गरेर राहदानी विभागमा गएर राहदानी लिन मिल्छ कि मिल्दैन?

  • मिल्दैन। जिल्लाबाट आवेदन गरेको राहदानी जिल्लामा प्रिन्ट भएर आइसकेपछि मात्र जिल्ला प्रशासन कार्यालयमा नै लिन आउनु पर्छ।
  •  

 


पछिल्लो अपडेट गरिएको : 2083-04-14 10:22:09

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम