Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Terhathum

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Terhathum

Tuesday, Bhadra 23, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Terathum District Introduction

भौगोलिक अवस्थिति:-

            प्रदेश नं. १ का चौध जिल्लाहरुमध्येको सानो जिल्लाको रुपमा रहेको तेह्रथुम जिल्लाको पूर्वमा ताप्लेजुङ्ग र पाँचथर  पश्चिममा धनकुटा र संखुवासभा उत्तरमा ताप्लेजुङ्ग र संखुवासभा तथा दक्षिणमा धनकुटा र पाँचथर जिल्ला रहेका छन् ।  कुल क्षेत्रफल ६७९ वर्गकिलोमिटर रहेको यो जिल्ला पूर्वी देशान्तर ८७.१५ ' देखि ८७.४५'  सम्म र उत्तरी आक्षाश २६.६६-२७.३०'  सम्म रहेको छ ।  जिल्लाको उचाई समुद्र सतहबाट ३४५ देखि २९६२ फिट सम्म रहेको छ । सदरमुकामम म्यालुङ्गको उचाइ १६६५ मिटर छ.  मूख्यतया: लिम्बु (३६.३९%)‚क्षेत्री (१९.४०%)‚ब्राम्हण (११.१२%)‚ तामाङ(६.९%) र अन्य जातजाती (२६.१९%) बसोबास रहेको यस जिल्लामा नेपाली भाषी ५०.६३%‚लिम्बु भाषी ३३.९६% र अन्य १५.४१% भाषाभाषीको बसोबास रहेको छ।

            पृथ्वी नारायण शाहबाट नेपाल एकीकरण हुनु अगाडी यस जिल्लाको भुभाग पल्लो किराँत लिम्बुवान राज्य अन्तर्गत पर्दथ्यो । पृथ्वीनारायण शाहको एकीकरण अभियान अन्तर्गत खम्वुवान क्षेत्रको विजय पश्चात वि.स.१८३१ मा गोर्खाली सेनाको तर्फबाट रामकृष्ण कुवंर र लिम्बुहरुले चैनपुरमा उनीहरु नेपाल सरकार अन्तर्गत रहने र गोर्खालीले लिम्बुहरुको रितितिथी तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने गरी मेलमिलाप गरेका थिए । पृथ्वी नारायण शाहबाट यहाका सुब्बाहरुलाई पञ्चखत वाहेक अन्य मुद्धा हेर्ने र "ढिङगे मुङगे"  गरि जरीवाना समेत गर्न पाउने अधिकार दिइ लालमोहर दिइएको थियो । लिम्बुवान राज्य मित्र थुम रहेका र यी सबै  पल्लो किरांत अन्तर्गत रहेका थिए । थुमको तिरो भरो धनकुटा गौंडामा बुझाउने व्यवस्था भएको थियो । वि.स.१९५२ सालमा आएर सत्र थुम मध्येका मित्लुङ् पहाड‚झलहरु वेलहरा र पाँचथर थुमको तिरो भरो धनकुटामा बुझाउने र अन्य तेह्र थुमको तिरो उठाउने गरी माल अड्डाको स्थापना यसै जिल्लामा भएकोले यस जिल्ला लाई तेह्रथुम भनिएको हो ।  तेह्रवटा थुमहरु आठराई‚ फेदाप‚ याङ्गरुप‚ पाँचथर‚ ताप्लेजुङ्‚ मेवाखोला‚ मैयाखोला‚ तमोरखोला‚ पाँचखपन‚ दशमझिया‚ चैनपुर‚ सभा-उत्तर‚संखुवा उत्तर पर्दछन् ।

 

जनसंख्या:-

     वि.स.२०७८ को जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ८८७३१ (अठासी हजार सात सय एकतिस) जना रहेका छन् जस मध्ये महिला ४५१५० जना र पुरुष ४३५८१ जना रहेका छन् । वि.स. २०६८ को जनगणना अनुसार यस जिल्लामा १०१५७७ (एक लाख एक हजार पाँच सय सतहत्तर) जना रहेको देखिन्छ । केही स्थानहरुमा खानेपानी तथा सिँचाईको चरम अभाव भएर अन्यत्र त्यस स्थानका वासिन्दा बसाई-सराई गएकाले वि.स.२०६८ को जनसंख्या भन्दा २०७८ को जनसंख्या १.३०% ले कम भएको देखिन्छ ।

 

राजनीतिक विभाजन:-

    प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र १ तथा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ रहेको यस जिल्लामा २ नगरपालिका र ४ गाउँपालिका रहेका छन् ।

जनसंख्या

गा.पा./न.पा. 

जनसंख्या

वडा सख्या

प्रमुख/अध्यक्षको नाम

गा.पा./न.पा.केन्द्र रहेको स्थान

लालीगुरासं न.पा.

१५३२९

श्री अर्जुन मावोहाङ

बसन्तपुर

म्याङ्लुङ् न.पा.

१८७५०

१०

श्री सञ्जय कुमार तुम्वाहाम्फे

म्याङ्लुङ

आठराई गा.पा.

१८१५६

श्री दिल कुमार पाहिम

संक्रान्तिबजार

छथर गा.पा.

१४१९७

श्री सन्तविर लिम्बु

शुक्रबारे

मेन्छयायेम गा.पा.

६६७८

श्री यादब ब.खापुङ्

मोराहाङ्

फेदाप गा.पा.

१५१६९

श्री केशव प्रसाद भेटुवाल

पोक्लावाङ

जम्मा

८८७३१

४३

 

 

 

 


Last Updated : 2083-05-11 11:19:02

© All Rights Reserved to District Administration Office, Terhathum