Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Terhathum

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Terhathum

Tuesday, Bhadra 23, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

कार्यालयकाे परिचय

कार्यालयको परिचय

स्थानीय प्रशासन ऐन, २०२८ को परिच्छेद ३ को दफा ४(१) मा जिल्लाको सामान्य प्रशासन सन्चालन गर्नको लागि प्रत्येक जिल्लामा एक जिल्ला प्रशासन रहने व्यवस्था गरेको छ । सो कार्यालयको प्रमुखको रुपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।

जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य उद्देश्य हो भने प्रचलित कानुन नीति निर्देशनमा रही जिल्ला स्तरीय कार्यालयहरुको अनुगमन गर्ने, नागरिकता तथा राहदानी वितरण गर्ने, स्थानीय प्रशासन सम्बन्धि कार्य गर्ने, विपद व्यवस्थापन गर्ने, सुशासन कायम गर्ने, अर्धन्यायिक निकायको रुपमा तोकिएका फौजदारी मुद्दाहरुको हकमा सुरु कारवाही र किनारा गर्ने साथै विकासात्मक कार्यहरुमा समन्वय र सहजीकरण गर्ने कार्यहरु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्यहरु हुन् ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गतका शाखाहरु

  1. नागरिकता तथा प्रतिलिपि शाखा
  2. स्थानीय प्रशासन, मुद्दा तथा शान्ति सुरक्षा शाखा
  3. राहदानी तथा जिन्सी शाखा
  4. गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखा
  5. आर्थिक प्रशासन शाखा
  6. विपद व्यवस्थापन शाखा

जिल्ला प्रशासन कार्यालय, तेह्रथुममा भएको मुख्य प्रावधान तथा व्यवस्था

  1. सौर्य उर्जा जडान
  • सेवाग्राही मैत्री सार्वजनिक प्रशासनको मूल नारा लिएको यस कार्यालयबाट विद्युतको उपलब्धता नभएको बेला समेत सार्वजनिक सेवा प्रवाह गरिने गरेको छ ।
  1. एकीकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई
  • जिल्ला स्थितका विभिन्न कार्यालयहरुसँग समन्वय गरी विभिन्न कार्यालयहरुबाट प्रदान गरिने सेवाहरुलाई नागरिकको घरदैलोमा पुर्याउने तथा सम्पादन गरिएको कार्यको सार्वजनिक सुनुवाई गरेको छ ।
  1. सुचनाको हकको कार्यान्वयन
  • नेपालको संविधानबाटै प्रदान गरिएको सूचनाको हक कार्यान्वयन गर्न यस कार्यालयबाट सूचना अधिकारी तोकिई नागरिकले पाउने सूचनाको हकको सुरक्षा तथा कार्यान्वयन गरेको छ ।
  1. जिल्ला आपतकालीन कार्य सन्चालन केन्द्रको स्थापना
  • प्राकृतिक वा गैरप्राकृतिक कारणबाट हुने विपदका घटनामा खोज तथा उद्दार कार्यको लागि जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत रहने गरी जिल्ला आपतकालीन कार्य सन्चालन केन्द्रको स्थापना भएको हो ।
  1. प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह
  • डिजिटल नेपालको सार्थकता पुरा हुन एवं सार्वजनिक सेवा प्रवाहमा सहजता, चुस्तताका लागि प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहको व्यवस्था गरिएको छ । कर्मचारीहरुको विद्युतीय प्रणालीबाट हाजिरी, कार्यालय परिसर भित्र ३ वटा सिसिटिभी क्यामेरा जडान, अध्यावधिक वेबसाइट, राहदानी एवं कार्यालयका अन्य सेवाहरुको जानकारी फेसबुकको माध्यमबाट जानकारी गराउने गरेको छ ।
  1. चोरी, आपराधिक गतिविधि, लागु औषध प्रयोग तथा ओसारपसारमा नियन्त्रण
  • सामाजिक अपराध, अवैध चोरी पैठारी, अवैध वस्तुहरुको निकासी तथा ओसारपसार, सडक दुर्घटनामा नियन्त्रणका साथै जिल्ला शान्ति सुरक्षा र अमनचयन कायम गर्न बजारका मुख्य क्षेत्र तथा सम्भावित अपराधिक गतिविधि हुन सक्ने क्षेत्रम सिसिटिभी जडान गरी सम्बन्धित प्रहरी कार्यालयमा Networking गर्नका लागि जडान प्रक्रियामा रहेको छ ।


Last Updated : 2083-05-11 11:19:02

© All Rights Reserved to District Administration Office, Terhathum